दोलखामा योमरी पुन्हीः देउसी, भैलो र चङ्गा

यस वर्ष योमरी पुन्ही पुस ४ गते परेको छ । आम रुपमा नेपालीहरु तिहारमा देउसी, भैलो  खेल्छन् । अनि दसैंको छेकोमा चङ्गा उडाउँछन् । तर दोलखाका नेवारहरुले भने प्रायः मङ्सिरमा पर्ने योमरी पुन्हीका अवसरमा देउसी, भैलो खेल्छन् र चङ्गा उडाउँछन् ।योमरी पुन्हीलाई दोलखाली नेवार भाषामा ‘देउचामारी पुनिश’ पनि भनिन्छ । पुन्ही र पुनिस दुबैको अर्थ पूर्णे हो भने योमरीको अर्थ मनपर्ने रोटी तथा देउचामारीको अर्थ देउता रोटी हो । चामलको पिठोलाई विभिन्न देवदेवीको मूर्ति बनाएर पूजा गरिने भएकोले दोलखामा देउचा