बालकोट बैठक निष्कर्षविहीन, ओलीले भने– पहिला संसद् प्रवेशको बाटो तयार पार्नुस्

काठमाडौँ– नेपाली काँग्रेस र नेकपा एमालेबीचको बैठक बिनानिष्कर्ष सकिएको छ । शुक्रबार साँझ ओली निवास बालकोटमा नेपाली काँग्रेस र नेकपा एमालेका नेताहरूबीच भएको बैठक निष्कर्षविहीन बनेको हो । छलफललाई फेरि पनि निरन्तता दिने भन्दै बैठक टुंगिएको छ । बैठकमा नेकपा एमाले अध्यक्ष ओलीले पुरानै अडान राखेका छन् । उनले १४ जना सांसद्लाई गरिएको कारबाही सभामुखले […]