काठमाडौँ । नेपाली काँग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जलवायु परिवर्तन र बढ्दो तापक्रमका कारण नेपालमा प्राकृतिक विपद्को जोखिम बढ्दै गएको बताएका छन् । बुधवार भक्तपुरमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् । भोटेकोशी बाढीबाट प्रभावित रसुवादेखि चितवन र देशभरका नागरिकको अवस्थाप्रति दु:ख व्यक्त गर्दै देउवाले विपदमा ज्यान गुमाउनेका परिवारप्रति समवेदना व्यक्त गरे । […]