निर्वाचन आयोगको निर्णयले महन्थ ठाकुरलाई राहत

जनता समाजवादी पार्टी (जसपा) नेपालको बारेमा निर्वाचन आयोगले गरेको निर्णयका कारण अध्यक्ष महन्थ ठाकुर पक्षलाई राहत मिलेको छ । पार्टीको अनुशासन विपरित काम गरेको भन्दै अध्यक्ष उपेन्द्र यादवले पार्टीका ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई पार्टीबाट निष्काशन गरेका थिए । यादव पक्षले सरकारमा सहभागी हुने सबै पार्टीबाट स्वतः निष्कासित हुने निर्णयसमेत गरेको थियो ।सो निर्णय अनुसार महन्थ ठाकुरसहित राजेन्द्र महतो, सवेन्द्रनाथ शुक्ला, अनिलकुमार झा, शर