कर्णालीमा एकै दिन ५१० जनाले जिते कोरोना

सुर्खेत : कर्णाली प्रदेशमा एकै दिन ५१० जना कोरोनामुक्त भएका छन्। पछिल्लोपटक निको भई डिस्चार्ज हुनेको यो सबैभन्दा धेरै संख्या हो।यस्तै, यस्तै पछिल्लो २४ घण्टामा २७९ कोरोनाका नयाँ बिरामी थपिएका छन्। यससँगै कर्णालीमा सक्रिय संक्रमितको संख्या ६ हजार ४०६ जना पुगेको छ।आरटिपिसिआर विधिबाट २४९ जनामा गरिएको परीक्षणबाट  ११९ जनामा कोरोना पुष्टि भएको छ। ६११ जनामा गरिएको एन्टिजेन विधिको परीक्षणबाट १६० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले जानकारी दिएको छ।यस्तै, पछिल्लो २४ घण्टामा