भ्रष्टाचार मुद्दा : प्रदीप अधिकारीसहित ६ जना र एक कम्पनीविरुद्ध १३ करोड ५७ लाख बिगो दाबी

काठमाडौँ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ। अधिकारीसहित ६ जना र एउटा कम्पनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा बुधबार दर्ता भएको अख्तियार प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए। मुद्दा दर्ता भएका अन्यमा मुरारी भण्डारी, नरविक्रम थापा, गुरुदत्त अधिकारी, विजय थापा र समृद्धि श्रेष्ठ छन्। अख्तियारले उनीहरूसहित अभियन्त्र […]