एमाले महाधिवेशन : केन्द्रीय सदस्य बन्न लुम्बिनीबाट नयाँ आकांक्षी धेरै, कुन जिल्लाबाट को–को ?

नेकपा एमालेको नवौं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा ३ मतले पराजित भएकी बुटवल उपमहानगरपालिकाकी उपप्रमुख गुमादेवी आचार्यले यसपटक केन्द्रीय सदस्य बन्ने इच्छा राखेकी छन् ।  तर अहिले एमाले महाधिवेशनमा प्यानल गत प्रतिस्पर्धा नहुने भएकाले आचार्यले खुलेर आफू केन्द्रीय सदस्यको उम्मेदवार हुँ भन्न सकेकी छैनन् । केन्द्रीय सदस्यमा निर्वाचन हुने अवस्था आए व्यक्तिगत रूपमा उम्मेदवारी दिने महिला नेत्री आचार्यको सोच छ ।  पार्टीको प्रदेश कमिटी सदस्य तथा जिफन्ट महिला कमिटीकी पूर्व अध्यक्ष समेत भएकी आचार्यलाई नेतृत्व गर्न सक्ने महिला ने...

सम्बन्धित सामग्री

औपचारिक रुपमा सकियो एमाले महाधिवेशन

एमालेको महाधिवेशन औपचारिक रुपमा सम्पन्न भएको छ । अध्यक्ष केपी शर्मा ओलीले औपचारिक रुपमा महाधिवेशन सम्पन्न भएको घोषणा गरेका हुन् । एमालेले महाधिवेशनमार्फत अध्यक्षसहित पदाधिकारी, केन्द्रीय सदस्य, लेखा आयोग र अनुशासन आयोगको टीम निर्वाचित गरेको छ ।एमालेको महाधिवेशन मंसिर १० देखि सुरु भएको हो । महाधिवेशन १२ गते नै सकिने भनिएपनि निर्वाचनमा ढिलाइ भएपछि दुई दिन लम्बिएको थियो ।महाधिवेशनको उद्घाटन चितवनस्थित नारायणी किनारमा भएको थियो भने उद्घाटन सौराहामा भएको थियो ।

एमाले महाधिवेशन: ७ प्रदेशबाट ३६ केन्द्रीय सदस्य निर्विराेध ( सूचीसहित)

काठमाडौं । नेकपा एमालेको सात वटा प्रदेशबाट निर्वाचित हुने केन्द्रीय सदस्यमध्ये बहुमत सदस्य निर्विरोध निर्वाचित भएका छन् । एमालेको १०औँ महाधिवेशनअन्तर्गत जारी निर्वाचन प्रक्रियामा सात वटा प्रदेशबाट निर्वाचित हुने ६३ केन्द्रीय सदस्यमध्ये ३६ जना निर्विरोध निर्वाचित भएका छन् । निर्वाचित समितिको प्रारम्भिक सूचीअनुसार लुम्बिनी, गण्डकी र प्रदेश २ बाट प्रतिनिधित्व गर्ने सबै केन्द्रीय सदस्य निर्विरोध भइसकेका […] The post एमाले महाधिवेशन: ७ प्रदेशबाट ३६ केन्द्रीय सदस्य निर्विराेध ( सूचीसहित) appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सम्पूर्ण रुपमा सहमतिमा महाधिवेशन समापन हुन्छ : एमाले नेता तामाङ

नेकपा एमालका केन्द्रीय सदस्य शेरबहादुर तामाङले पार्टीको दसौँ महाधिवेशन तोकिएको समयमा नै सम्पूर्ण रुपमा सहमतिका आधारमा सम्पन्न हुने बताएका छन्। पदाधिकारी व्यवस्थापनमा विवाद भएकाले चुनाव हुनसक्ने सम्भावना रहेको समाचारहरु बाहिर...

एमाले महाधिवेशन : सचिव पदका लागि महेश बस्नेतको उम्मेदवारी घोषणा (भिडियोसहित)

काठमाडौँ-  नेकपा (एमाले) का केन्द्रीय सदस्य एवं युवा संघ इन्चार्ज महेश बस्नेतले दशौं राष्ट्रिय महाधिवेशनमा सचिवमा उम्मेदवारी घोषणा गरेका छन् । मंगलबार रिपोर्टर्स क्लबको साक्षात्कारमार्फत नेता बस्नेतले आफूले सचिवमा उम्मेदवारी घोषणा गरेका हुन् । आफूले पार्टीमा खेलेको भूमिकाको कारण देशभरिबाट आउने महाधिवेशन प्रतिनिधिले अत्यधिक मत दिएर विजयी बनाउने उनको विश्वास छ । नेता बस्नेतले पार्टी […]

एमाले महाधिवेशन : मञ्च अत्याधुनिक प्रविधियुक्त, आकाशमा दुई वटा ड्रोन

चितवन– नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनको लागि उद्घाटन र बन्द सत्र हुने स्थानमा आवश्यक पूर्वाधार निर्माणलाई तीव्र पारिएको छ । उद्घाटन स्थलको मञ्चमा अत्याधुनिक प्रविधिसहितको उपकरण जडान भइरहेको छ भने महाधिवेशन स्थल ड्रोनबाट निगरानी हुनेछ । मञ्च नेपालमा प्रयोग भएको सबैभन्दा अत्याधुनिक प्रविधिको प्रयोग गर्दै निर्माण भइरहेको मञ्च व्यवस्थापन समिति संयोजक एवं एमाले केन्द्रीय सदस्य […]

एमाले महाधिवेशन एकै पटक ७२ जना कलाकारले नाच्न मिल्ने गरी बनाइँदै छ मञ्च

काठमाडौं, २ मंसिर : नेकपा एमाले महाधिवेशन आउँदो १० मंसिरबाट चितवनमा सुरु हुँदै छ । महाधिवेशनस्थलको नक्सांकन गरिएको एमाले केन्द्रीय सदस्य विनोद श्रेष्ठले जानकारी दिए । उनका अनुसार १०० अतिथि रहने गरी आकर्षकमञ्च निर्माण गरिनेछ । एकै पटक ७२ जना कलाकारले प्रस्तुति दिन मिल्ने गरी मञ्च बनाइने उनले जानकारी दिए । चार खण्डमा हुने मञ्चको […]

यस्तो हुनेछ एमाले महाधिवेशन मञ्च

–नारायण अधिकारीनेकपा (एमाले) को आसन्न १० औँ महाधिवेशनको उद्घाटनका लागि मञ्च व्यवस्थापनको काम सुरुवात भएको छ । यसका लागि नारायणी नदी किनारमा धमाधम काम भइरहेको छ । एमाले केन्द्रीय सदस्य विनोद श्रेष्ठका अनुसार कार्यक्रम स्थलमा नक्साङ्कन गरिएको छ । एकसय अतिथि रहने गरि आकर्षक मञ्च निर्माण गरिने जनाइएको छ ।  उनले भने, “१६ फिट अग्लो मञ्च निर्माण गर्दै छौं ।” निर्माण गर्न लागिएको मञ्च चार खण्डमा हुनेछ । माथिल्लो तहमा अतिथि र स्थायी कमिटी सदस्य ,दोस्रो खण्डमा सांस्कृतिक कार्यक्रम,

कोमल वलीसहित ४ नेतालाई एमालेको केन्द्रीय सदस्य बन्ने ढोका बन्द

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली निकट रहेकी नेतृ कोमल वलीलाई एमाले केन्द्रीय सदस्य बन्ने ढोका बन्द भएको छ । एमालेले नयाँ विधानमा महाधिवेशन प्रतिनिधि र केन्द्रीय सदस्य बन्ने योग्यता तोकेपछि वली आगामी दशौं महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवार नै बन्न नपाउनेगरी ढोका बन्द भएको हो ।एमालेको विधानअनुसार एमाले महाधिवेशन प्रतिनिधि बन्न पार्टी सदस्य भएको १० वर्ष हुनुपर्नेछ भने महिलाको हकमा ७ वर्ष कायम छ । यी दुवै योग्यता वलीको हकमा नपुग्ने देखिएको छ । वली २०७४ सालमा राप्रपा छोडेर एमाले प्रवेश गरेकी थ

एमाले विधान महाधिवेशन : पोलिटब्युरो र वैकल्पिक केन्द्रीय सदस्य हटाउने प्रस्ताव

काठमाडौँ। नेकपा (एमाले)ले उपमहासचिव, पोलिटब्युरो र वैकल्पिक केन्द्रीय सदस्य हटाउने प्रस्ताव गरेको छ । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा आजदेखि सुरु भएको प्रथम विधान महाधिवेशनमा उक्त प्रस्ताव गरिएको हो । महाधिवेशनमा पेश गरिएको विधानमा दुई उपमहासचिवको व्यवस्थालाई हटाउँदै एक सचिव थप गर्ने प्रस्ताव गरिएको छ । यसअघि पार्टीको नवौँ महाधिवेशनमा दुई उपमहासचिवको व्यवस्था गरिएको छ […]