मणिग्राममा तेस्रो औद्योगिक व्यापार मेला सुरु, १० करोडको आर्थिक कारोबार हुने अपेक्षा

१ मंसिर, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका-५ स्थित मणिग्राममा तेस्रो औद्योगिक व्यापार मेला तथा कृषि एवम् पर्यटन प्रवर्द्धन महोत्सव–२०८० सुरु भएको छ । शुक्रबार मेलाको उद्घाटन प्रतिनिधि सभा सदस्य एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले गरेका छन् । स्वदेशी तथा स्थानीय उत्पादनलाई प्रोत्साहन, बजारीकरण, नयाँ प्रविधिको खोजी, कला र संस्कृतिको जगेर्ना, कृषिको व्यवसायीकरण, पर्यटन […]

सम्बन्धित सामग्री

‘नेपाल १७औं अन्तरराष्ट्रिय औद्योगिक व्यापार मेला २०८१’  वैशाखमा

काठमाडौं। ‘नेपाल १७आंै अन्तरराष्ट्रिय औद्योगिक व्यापार मेला २०८१’ आगामी बैशाख २६ देखि ३० गतेसम्म काठमाडौंमा हुने भएको छ । स्वदेशी उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल घरेलु तथा साना उद्योग महासंघले हरेक वर्ष आयोजना गर्दै आएको औद्योगिक प्रदर्शनीको १७औं शृंखला काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा आयोजना हुन लागेको हो । कोरोनापछि विश्वभर आएको आर्थिक मन्दीबाट प्रभावित नेपाली उद्योगको वर्तमान अवस्था झल्काउने र उनीहरूको व्यापार प्रवद्र्घन गर्न सहयोग पुर्‍याउने मुख्य उद्देश्यले ६ लाखभन्दा बढी लघु, घरेलु तथा साना उद्योग र कृषि व्यवसायमा संलग्न उद्यमीको प्रतिनिधित्व गर्दै मेला गर्न लागेको महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले जानकारी दिए । मेलामा सबै खाले उद्योगको उत्पादनलाई समावेश गरी बीटुबी, बीटुसी, बीटुजी जस्ता अन्तरक्रिया, छलफल, सांस्कृतिक कार्यक्रम र खाद्य महोत्सव आदि कार्यक्रम रहने बताइएको छ ।  मेलामा नेपाल, भारत, पाकिस्तान, बंगलादेशलगायत सार्क मुलुक तथा चीनको सहभागिता रहने महासंघले जानकारी दिएको छ । २५० स्टल रहने मेलामा र दुई लाखभन्दा बढीले अवलोकन गर्ने र ७ करोड रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने अपेक्षा  आयोजकको छ ।

धनकुटा महोत्सव शुरू

धनकुटा । धनकुटामा प्रादेशिक औद्योगिक व्यापार मेला तथा कृषि प्रदर्शनी एवम् पाँचौं धनकुटा महोत्सव शुरू भएको छ । धनकुटा उद्योग वाणिज्य संघको आयोजनामा शुक्रवारदेखि शुरू भएको महोत्सव यही माघ १६ गतेसम्म चल्नेछ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री राजेन्द्र राईले महोत्सवको उद्घाटन गरे । मन्त्री राईले धनकुटाको विकासमा मन्त्रालयले प्राथमिकता दिने बताए । धनकुटालाई पर्यटन प्रवद्र्धनका कार्यक्रम सञ्चालन गर्ने योजना रहेको उनले जानकारी दिए । आन्तरिक पर्यटन प्रवद्र्धन, मनोरञ्जनसँगै व्यापारिक विकास सम्भाव्यताको खोजी हुने अपेक्षासहित महोत्सव शुरू गरिएको हो । महोत्सवमा १८२ ओटा स्टल राखिएको उद्योग वाणिज्य संघ धनकुटाका अध्यक्ष विजयसन्तोषी राईले बताए । स्टलहरूमध्ये १३५ ओटा कृषि प्रदर्शनी र अरू व्यापारिक प्रयोजनका रहेका छन् । महोत्सवले कृषि, पर्यटन, व्यापार तथा उद्योग क्षेत्रको विकास र व्यवसाय प्रवद्र्धनका लागि सहयोग पुग्ने अध्यक्ष राईले बताए । साथै कोभिड–१९ पछि थलिएको व्यवसायको विकासमा टेवा पुग्ने अपेक्षा उनले गरे । महोत्सव १ लाखभन्दा बढीले अवलोकन गर्ने र करीब ५ करोड रुपैयाँको आर्थिक कारोबार हुने अनुमान गरिएको प्रचारप्रसार समितिका संयोजक श्रीराम रायमाझीले बताए । महोत्सवमा सूचनाप्रविधि, हस्तकला प्रदर्शनी, कृषि प्रदर्शनी, क्रेता र विक्रेताबीच अन्तरक्रिया, स्वास्थ्य शिविर, पर्यटन प्रवद्र्धनसम्बन्धी कार्यक्रम आकर्षणको रूपमा रहनेछन् ।

तिलोत्तमाको महोत्सवमा १५ करोडको कारोबार

रुपन्देही । तिलोत्तमाको मणिग्राममा आयोजना भएको औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सवमा १५ करोडको आर्थिक कारोबार भएको छ । मंसिर १५ गतेदेखि सुरु भएको महोत्सवमा करिब १५ करोड आर्थिक कारोबार गर्दै बुधबार समापन भएको हो । महोत्सव मूल आयोजक समिति संयोजक एवं आयोजक तिलोत्तमा उद्योग ब्यापार संगठनका अध्यक्ष प्रेम जीएमका अनुसार महोत्सव अवधिमा करिब […]