वातावरण संरक्षणमा खुकुरी रमको प्रतिबद्धता

काठमाडौं (अस) । खुकुरी रम उत्पादक कम्पनी दी नेपाल डिस्टिलरीले वातावरण संरक्षणमा आफ्नो प्रतिबद्धता व्यक्त गरेको छ । कम्पनीले विश्व वातावरण दिवसको अवसरमा आफ्ना पाँच प्रतिबद्धता व्यक्त गरेको हो । कम्पनीले उत्पादन प्रक्रियाको क्रममा निस्किने फोहोरलाई ९८ प्रतिशत व्यवस्थापन गर्न सफल भएको दाबी गर्दै आगामी ३ वर्षभित्र शतप्रतिशत व्यवस्थापन गरी सम्भाव्य वस्तुलाई पुनः प्रयोगमा समेत ल्याउने प्रतिबद्धता व्यक्त गरेको छ । त्यस्तै सन् २०३२ सम्ममा शतप्रतिशत दिगो प्याकेजिङलाई कार्यान्वयनमा ल्याउने र अहिले पनि वातावरणमा हुन सक्ने नकारात्मक प्रभाव कम गर्न निरन्तर आफ्ना वितरण र विज्ञहरूसँग सहकार्य गरिरहेको कम्पनीले बताएको छ । त्यस्तै कम्पनीका बोतलहरू पुनः प्रयोग गर्ने, हाल कम्पनीका उत्पादनमा प्रयोग हुने बोतल संकलन गर्ने इकोसिस्टमको विकास गरिरहेको कम्पनीले जानकारी दिएको छ । कम्पनीले अत्याधुनिक प्रविधिको सहयोगले बोतल सफा गरी पुनः प्रयोग गर्ने अवस्थामा पुर्‍याउने बताइएको छ । नेपालमा यो अभ्यास अधिकांश बियर उद्योगले गरिरहेका छन् । कम्पनीले हरित ऊर्जाको क्षेत्रमा समेत काम गरिरहेकाले आगामी तीन वर्षभित्र यो अवधारणालाई कार्यान्वयनमा ल्याउने प्रतिबद्धता व्यक्त गरेको छ । त्यस्तै कम्पनीले २ वर्षदेखि नेपाली सेनासँगको सहकार्यमा हिमाल सरसफाइमा काम गरिरहेकाले आगामी दिनमा समेत सो अभियान जारी राख्ने भएको छ ।

सम्बन्धित सामग्री

खुकुरी रम उत्पादक कम्पनीद्वारा वातावरण संरक्षणका लागि प्रतिवद्धता

जेठ २२, काठमाडौं । दि नेपाल डिस्टिलरिज प्रालिले विश्व वातावरण दिवसको अवसरमा पाँच ओटा प्रतिबद्धता व्यक्त गरेको छ। कम्पनी नेपालमा मदिरा ब्रान्ड खुकुरी रमको उत्पादक हो । कम्पनीले वातावरण संरक्षण तथा दिगोपना विकासका लागि फोहोर व्यवस्थापन, दिगो प्याकेजिङ, बोटल संकलनलगायतलाई प्राथमिकता दिएर व्यवसाय अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको हो।  साथै कम्पनीले आगामी तीन वर्षमा हरित ऊर्जा अवधारणालाई पनि कार्यान्वयन गर्ने बताएको छ। कम्पनीले उत्पादन प्रक्रियाका क्रममा निस्किने फोहोरहरुलाई ९८ प्रतिशत व्यवस्थापन गर्न सफल भइसकेको भन्दै यसलाई आगामी तीन वर्षभित्रमा शतप्रतिशत शून्यमा झार्ने र पुनः प्रयोग गर्ने अवस्था बनाउने प्रतिबद्धता व्यक्त गरेकाो छ । साथै  उसले सन् २०३२ सम्ममा शतप्रतिशत दिगो प्याकेजिङलाई कार्यान्वयनमा ल्याइसक्ने पनि बताएको छ । कम्पनीले बोतलहरुलाई पुनः प्रयोग गर्ने र ग्रीन इनर्जीमा समेत काम गरिरहेको बताएको छ ।  कम्पनीले विगत दुई वर्षदेखि नेपाली सेनासँगको सहकार्यमा हिमाल सरसफाईमा काम गरिरहेको बताएको छ ।

नेपाल डिस्टिलरिजको वातावरण संरक्षणमा पाँच प्रतिबद्धता

काठमाडौं । खुकुरी रमको उत्पादक, दि नेपाल डिस्टिलरिजले वातावरण संरक्षण तथा दिगोपना विकासका लागि प्रतिबद्ध रहेको बताएको छ । कम्पनीले विश्व वातावरण दिवसको अवसरमा वातावरण संरक्षण तथा दिगोपना विकासका लागि कम्पनीले आगामी तीन वर्षमा उत्पादन प्रक्रियाका क्रममा निस्किने फोहोरहरूलाई व्यवस्थापन शतप्रतिशत पुर्‍याउनेलगायत पाँच प्रतिबद्धता अगाडि सरेको छ । यी हुन् कम्पनीले जनाएको...