बाढी पहिरो तथा डुबान प्रभावितको खोज, उद्धार तथा राहत वितरण कार्य गर्न नेपाली सेनाले चारवटा हेलिकोप्टरसहित पाँच हजार पाँच सय जनशक्ति परिचालन गरेको छ ।
अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी पहिरोका साथै डुबान हुँदा खोज, उद्धार तथा राहत वितरण छिटो छरितो र प्रभावकारी बनाउन हेलिकोप्टरसहित उद्धार टोली परिचालन गरिएको हो ।