स्वतन्त्र पार्टीले समानुपातिकमा कटायो ३ लाख मत, एमालेको ६ लाख नाघ्यो

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभाको समानुपातिक तर्फ ३ लाख मत कटाएको छ। निर्वाचन आयोगले बिहीबार दिउँसो साढे ३ बजेसम्म आफ्नो वेबसाइटमा प्रविष्ट गरेको विवरण अनुसार स्वतन्त्र पार्टीलाई ३ लाख ९ हजार ६७ मत प्राप्त भएको छ।यो पार्टी तेस्रो स्थानमा रहेको छ। पहिलो स्थानमा रहेको एमालेले ६ लाख मत कटाएको छ। दोस्रो स्थानको नेपाली कांग्रेसले ५ लाख ७२ हजार मत ल्याएको छ। चौथो स्थानमा रहेको नेकपा माओवादी केन्द्रको २ लाख ७८ हजार मत छ भने पाँचौं स्थानको राप्रपाले १ लाख ६८ हजार