नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपाली संगीतलाई प्रतिस्पर्धी सिर्जनात्मक उद्योगका रूपमा विकास गर्न कलाकारको बौद्धिक सम्पत्ति संरक्षण, डिजिटल रोयल्टीमा पारदर्शिता र उचित पारिश्रमिक सुनिश्चित गर्नुपर्ने बताएका छन्। राष्ट्रिय संगीतकर्मी संघले आइतबार आयोजना गरेको दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रममा उनले नयाँ पुस्ताका कलाकारलाई व्यावसायिक करियर निर्माणको अवसर उपलब्ध गराउनुपर्ने बताए। […]