एमालेको नाराबाजीकाबीच बजेट अध्यादेश प्रतिस्थापन विधेयक पेश

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले ल्याएको बजेटलाई प्रतिस्थापन गर्न शरेबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले संसदमा बजेट अध्यादेश प्रतिस्थापन विधेयक पेश गरेको छ । अर्थमन्त्री जनार्दन शमाले यसअघिको सरकारले ल्याएको १६ खर्ब ४७ अर्बको बजेटलाई प्रतिस्थापन गर्दै आर्थिक, राष्ट्र ऋण उठाउने र विनियोजन विधेयक पेश गरेका छन् । प्रमुख...

सम्बन्धित सामग्री

प्रतिनिधिसभाको अर्को बैठक २७ गते दिउँसो १ बजे

काठमाडौं । सरकारले बजेट अध्यादेश प्रतिस्थापन विधेयक पेश गरेपछि प्रतिनिधि सभाको बैठक २७ गते सम्मका लागि स्थगित भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको अर्को बैठक २७ गते आइतबार १ बजेका लागि बोलाएका छन् । संसद्का अवका बैठकका बजेटसम्बन्धी प्रतिस्थापन विधेकमाथि सैद्धान्तिक छलफल हुने छ ।

एमालेको अवरोधबीच बजेट अध्यादेश प्रतिस्थापन विधेयक पेश

काठमाडौं । सरकारले बजेटसम्बन्धी अध्यादेश प्रतिस्थापन विधेयक पेश गरेको छ । संसदको आजको चौथो बैठकमा सरकारका तर्फबाट अर्थमन्त्री जनार्दशन शर्माले बजेट अध्यादेश प्रतिस्थापन विधेयक प्रस्तुत गरेका हुन् ।    संसदको तेस्रो बैठक पनि एमालेले अवरोध गरेपछि चौथो बैठकमा अवरोधबीच सरकारले बजेट प्रतिस्थापन अध्यादेश पेश गरेको हो ।

सरकारले केही बेरमा बजेट अध्यादेश प्रतिस्थापन विधेयक पेश गर्दै

काठमाडौं । सरकारले संसदको अवको बैठकमा अध्यादेश प्रतिस्थापन विधेयक पेश गर्ने भएको छ । एमाले सांसदहरुको अवरोधका कारण सभामुखले पहिलो बैठक स्थगित गरेपछि दोस्रो बैठकमा बजेट सम्बन्धी सबै अध्यादेश पेश गरी स्वीकृत भइसकेका छन् । सरकारले यसपछि बस्ने तेस्रो बैठकमा बजेटसम्बन्धी अध्यादेशलाई प्रतिस्थान गर्ने विधेयक पेश गर्न लागेको हो ।

आजको संसद बैठकको कार्यसूचीमा आर्थिक अध्यादेश, प्रतिस्थापन विधेयक आउँदै

सरकारले चालु आर्थिक वर्षको बजेट अध्यादेशलाई प्रतिस्थापन गर्ने तयारी गरेको छ । शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठकको कार्यसूचीमा आर्थिक अध्यादेश, २०७८ सम्बन्धी प्रस्ताव समेटिएको छ । कार्यसूची अनुसार अर्थमन्त्री जनार्दन शर्माले संसद् बैठकमा प्रतिस्थापन विधेयक पेश गर्नेछन् । बैठकको कार्यसूचीको बुँदा नम्बर १९ मा “मा। अर्थ मन्त्री श्री जनार्दन शर्माले “आर्थिक अध्यादेश, २०७८ लाई स्वीकृत गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुहुने” उल्लेख छ । त्यसैगरी सोही सूचीको बुँदा नम्बर २१ मा “राष्ट्र ऋण उठाउने अध्यादेश, २०७८ लाई स्वीकृत गरियोस्” र बुँदा नम्बर २३ मा “विनियोजन अध्यादेश, २०७८ लाई स्वीकृत गरियोस्” भन्‍ने प्रस्ताव पेश हुने जनाइएको छ । सरकारले बजेट अध्यादेश प्रतिस्थापन गर्ने पक्‍कापक्‍की भएसँगै महालेखा नियन्त्रकको कार्यालयले तलबभत्ता बाहेकको खर्चमा रोक लगाइसकेको छ । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रोपटक संसद् विघटन गरेपछि सरकारले अध्यादेश मार्फत बजेट सार्वजनिक गरेको थियो ।

आज संसद्मा बजेटसम्बन्धी प्रतिस्थापन विधेयक पेश हुने

सरकारले आजको संसद् बैठकमा बजेटसम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक पेस गर्ने भएको छ । प्रतिपक्षी दल नेकपा एमालेले संसद् अवरोध गरे पनि अर्थमन्त्री जनार्दन शर्माले विपक्षीको घेरा तोडेर विधेयक टेबल गर्ने सत्तापक्षको तयारी छ ।यसअघि भदौ २३ को बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले एमालेको अवरोधकै बीचबाट राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश सदनसमक्ष टेबल गरेका थिए ।पूर्ववर्ती ओली सरकारले अध्यादेशमार्फत ल्याएको बजेटलाई भने वर्तमान सरकारले परिमार्जन गर्ने भएको छ । यही कारण बजेट अध्यादेश जस्ताको