भूकम्पबाट क्षति पुगेका ७ हजार सामुदायिक विद्यालय पुनर्निर्माण

काठमाडौं, असोज १०। सरकारले भूकम्पबाट क्षति पुगेका ७ हजार बढी समुदायिक विद्यालयको पुनर्निर्माण गरेको छ । गत २०७२ सालको भूकम्पबाट क्षति पुगेका विद्यालयमध्ये सरकारले ७ हजार २ सय ७२ वटा विद्यालयका निर्माण सम्पन्न गरेको हो । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले गत एक वर्षमा सामुदायिक विद्यालयमा करिब ६ हजार कक्षाकोठा निर्माण गरेको जनाएको छ । […]