यात्रुमा स्वास्थ्य समस्या देखिएपछि धनगढीबाट काठमाडौंका लागि उडेको जहाज नेपालगञ्ज अवतरण

धनगढीबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको उडान नम्बर २५२ एटीआर ७२ जहाज नेपालगञ्ज विमानस्थलमा अकस्मिक अवतरण गरिएको छ।

सम्बन्धित सामग्री

धनगढीबाट काठमाडौं उडेको बुद्ध एयर आकस्मिक अवतरण गर्नुको यस्तो छ कारण

काठमाडौं, २३ चैत । धनगढीबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको जहाज अचानक नेपालगञ्जमा अवतरण गरेको छ । उडान नं. २५२ को जहाजमा एकजना यात्रुमा स्वास्थ्य समस्या देखिएपछि नजिकैको विमानस्थल नेपालगञ्जमा अवतरण गरिएको बुद्ध एयरले जानकारी दिएको थियो । ९ः१० बजे उडेको बुद्ध एयरको विमानमा सर्वोच्च अदालतका न्यायाधीश बमबहादुर श्रेष्ठको स्वास्थ्यमा समस्या देखिएपछि ९ः४२ बजे आकस्मिक […]

नेपालगञ्जमा आकस्मिक अवतरण गरेको विमान काठमाडौं आइपुग्यो

काठमाडौं : नेपालगञ्जमा आकस्मिक अवतरण गरेको बुद्ध एयरको विमान काठमाडौँ आइपुगेको छ। धनगढीबाट काठमाडौँका लागि उडेको २५२ कलसाइनको विमानमा सवार एक यात्रुमा स्वास्थ्य समस्या देखिएपछि नेपालगञ्जमा अवतरण गरिएको थियो।नेपालगञ्जमा केहीबेर होल्ड भएको जहाज बिहान ११ बजेर १३ मिनेटमै काठमाडौँ अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो। नेपालगञ्ज विमानस्थलमा स्वास्थ्यकर्मी र एम्बुलेन्सको व्यवस्था गरिएको थियो।विमानस्थलमै स्वास्थ्य जाँच गरिएपछि ती यात्रु ठिक छ भन्दै आफन्तसहित बाहिरिएका थिए।

उडिरहेको बुद्ध एयरको एक यात्रुलाई स्वास्थ्य समस्या भएपछि आकस्मिक अवतरण

काठमाडौँ- धनगढीबाट बुधबार काठमाडौँ उडेको बुद्ध एयरको जहाजका एक यात्रुलाई स्वास्थ्यमा समस्या आएपछि उक्त जहाज आकस्मिक रुपमा नेपालगञ्जमा अवतरण गराइएको छ। धनगढीबाट काठमाडौंका लागि उडेको जहाजमा यात्रा गरिरहेका एक यात्रुमा स्वास्थ्य समस्या देखिएपछि उक्त जहाज नेपालगञ्जमा अवतरण गरिएको हो। नेपालगञ्ज विमानस्थलमा ती यात्रुका लागि स्वास्थ्यकर्मी र एम्बुलेन्सको व्यवस्था गरिएको थियो । यद्यपि विमानस्थलमै ती यात्रुको […]

धनगढीबाट काठमाडौंका लागि उडेको जहाज अचानक नेपालगञ्ज अवतरण भएपछि…

काठमाडौं, २३ चैत । धनगढीबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको जहाज अचानक नेपालगञ्जमा अवतरण गरेको छ । उडान नं. २५२ को जहाजमा एकजना यात्रुमा स्वास्थ्य समस्या देखिएपछि नजिकैको विमानस्थल नेपालगञ्जमा अवतरण गरिएको बुद्ध एयरले जनाएको छ । विमानस्थलमा स्वास्थ्यकर्मी र एम्बुलेन्सको व्यवस्था समेत गरिएको साथै स्वास्थ्यकर्मीको चेकजाँच र यात्रुले ठिक छ भनेपछि विरामी आफन्तका साथ […]

आपतकालिन ल्यान्डिङ गराएर जहाजबाट यात्रुहरू भागेपछि.....

कात्तिक २१, स्पेन । यूरोपेली मुलुक छिर्न अनेकन उपाय अपनाउने गरिएको तपाई हामीले त सुनेकै छौं । र ज्यान जोखिममा पारेर पानी जहाजबाट जाँदा कयौंको मृत्युसमेत भएको खबर सुन्न पाइन्छ । तर यूरोपेली मुलुक छिर्न पछिल्लो पटक भने अनौठो उपाय अपनाइएको छ ।अफ्रिकी मुलुक मोरक्कोबाट टर्कीका लागि एयर अरेबिया मारोकको हवाइजहाज उडेको  थियो । तर उक्त जहाजले शुक्रवार साँझ स्पेनिस टापु मालोर्काको विमानस्थलमा आकस्मिक अवतरणका लागि अनुमति माग्यो। जहाजभित्र यात्रुलाई गम्भीर स्वास्थ्य समस्या आएको उल्लेख गर्दै पाइलटले अवतरणका लागि अनुरोध गरेपछि मालोर्का विमानस्थलका अधिकारीहरूले अवतरणको अनुमति दिएका थिए। जहाज अवतरण भएपछि बिरामी भनिएका यात्रुलाई एम्बुलेन्समा राखेर अस्पताल पनि लगियो तर डाक्टरहरूले ती व्यक्तिमा स्वास्थ्य समस्या नभएको भन्दै लगत्तै डिस्चार्ज गरिदिए। त्यतिञ्जेलसम्म जहाजमा रहेका रहेका अन्य यात्रु भने हंगामा गर्दै जहाजबाट बाहिर निस्किएर विमानस्थलको पर्खाल नाघेर भागिसकेका थिए। बिरामी भनिएका यात्रुसँगै अस्पताल गएका उनका साथी पनि अस्पतालबाट भागेको स्पेनका अधिकारीहरूले बताएका छन्। बिरामी भएको भनिएका यात्रुलाई जहाजमा ल्याउँदा अरू भागिसकेको थाहा पाएपछि विमानस्थलका अधिकारी, सुरक्षा अधिकारी र चालक दलका कर्मचारी भने आश्चर्य चकित भएका थिए।  विमानस्थल पनि चार घण्टा बन्द गरियो, दर्जनौं फ्लाइटहरु डाइभर्ट भए । जहाजमा भएका यात्रु भागेपछि ती यात्रुलाई प्रहरीले बाध्य भएर हिरासतमा लिएको थियो। यात्रु नआएपछि जहाजका केहि यात्रुलाई लिएर उक्त जहाज इस्तानबुलका लागि उडेको थियो। भागेका २४ जनामध्ये शनिवारसम्ममा १२ जना यात्रुलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ भने बाँकी १२ जनाको खोजी गरिरहेको छ। स्पेनमा पुग्नका लागि उनीहरू सबैले मिलेर बिरामी हुने या अन्य कुनै योजना बनाएका थिए कि थिएनन् भन्ने बारे अझै प्रष्ट भने भइसकेको छैन। जहाजलाई आपतकालिन ल्यान्डिङ गराएर यूरोपेली मुलुक छिर्ने यो नौलो तरिका हो या अन्य के हो भन्ने बारेमा स्पेनका अधिकारीहरुले छानविन शुरु गरेको भन्दै बीबीसीले आफ्नो वेबसाइटमा समाचार छापेको छ ।एजेन्सीहरुको सहयोगमा