चितवन– ३ मा राप्रपाका पाण्डेको अग्रता कायमै

चितवन क्षेत्र नम्बर ३ मा अहिले मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार ९० हजार ७१४ मत गणना गर्दा राप्रपाका विक्रम पाण्डे जित नजिक पुगेका छन् । पाण्डेले ३३ हजार ७३७ मत प्राप्त गरेका छन् भने नेकपा माओवादी केन्द्रका उम्मेदवार डा. भोजराज अधिकारीले २४ हजार ४५० मत प्राप्त गरेका छन् ।त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीकी जिता बरालले १४ हजार ७२२ मत प्राप्त गरेकी छन् । अर्का स्वतन्त्र (माछा चिन्ह)का उम्मेदवार दिनेश कोइरालाले ११ हजार ७११ मत प्राप्त गरेका छन् ।