सुनसरी। सुनसरी खोलामा डुबेर एकजनाको मृत्यु भएको छ। बाला चतुर्दशी मेलाका लागि रामधुनी मन्दिर पुगेका तीर्थालुमध्ये नुहाउने क्रममा आज (बुधबार) दुईजना डुबेका थिए। त्यसमध्ये एकजनाको मृत्यु भएको र एकजनाको प्रहरीले जीवितै उद्धार गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता चन्द्र खड्काले जानकारी दिए। प्रवक्ता खड्काका अनुसार आज (बुधबार) बिहान करिब साढे २ बजेतिर नुहाउन पुगेका मोरङ सुन्दरहरैँचा […]