राप्रपाको १६ बुँदे निर्णय : पूर्वराजा, दल र जेन-जीबीच खोज्यो नयाँ सहमति, मंसिर २३ गते शक्ति प्रदर्शन गर्ने

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समिति बैठकले विभिन्न १६ बुँदे निर्णय गरेको छ। अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बिहीबार केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले संगठन, आगामी कार्यक्रम र समसामयिक राजनीतिक परिस्थितिसम्बन्धी १६ बुँदे निर्णय पारित गरेको छ। बैठकले सबै तहका पार्टी संरचनाको म्याद विधान अनुसार ६ महिनाका लागि थप गर्ने निर्णय गरेको छ। […]