नेपाल टेलिकमको विवादित ५ अर्बको बिलिङ प्रणाली ठेक्का रद्द, हुवावे आपूर्तिकर्ता विवादमा

नेपाल टेलिकमले करीब ५ अर्ब रुपैयाँको विवादित बिलिङ प्रणाली तथा ग्राहक सहयोग प्रणाली खरीदको ठेक्का प्रक्रिया रद्द गरेको छ। आइतवार कम्पनीले जारी गरेको सूचनाअनुसार, ‘कन्भर्जेन्ट रियलटाइम बिलिङ’ प्रणालीको आपूर्ति, डेलिभरी, जडान तथा सञ्चालनका लागि आह्वान गरिएको बोलपत्र रद्द गरिएको हो। उक्त बोलपत्र सन् २०२५ मार्च १८ मा सार्वजनिक खरीद प्रणाली (ई–जीपी) मार्फत प्रकाशित गरिएको थियो। […]