राष्ट्रियसभा सदस्यका लागि आगामी फागुन २० गतेदेखि रिक्त हुने १८ पदका लागि आज सम्पन्न निर्वाचनमा नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले) तथा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सम्मिलित तीनदलीय गठबन्धनका उम्मेदवारहरू विजयी भएका छन्। निर्वाचन आयोगका अनुसार सातै प्रदेशमा सम्पन्न निर्वाचनमा गठबन्धनले बहुमत सिट सुरक्षित गर्न सफल भएको हो। कोशी प्रदेशमा खस आर्यतर्फ कांग्रेसका सुनीलबहादुर थापा […]