काठमाडाैं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले कोशी प्रदेशलाई ६ विकेटले पराजित गरेकाे छ। वीरगन्जस्थित नारायणी क्रिमेट मैदानमा मंगलबार भएकाे खेलमा कोशीले दिएको १ सय ६३ रनको लक्ष्य पुलिसले ३३ ओभर ५ बलमा ४ विकेट गुमाएर भेटायो । पुलिसका कप्तान आरिफ शेखले नटआउट ८१, रशिद खानले नटआउट ७३ रन बनाएका थिए […]