रिजाललाई हाजिरी जमानीमा रिहा गर्ने निर्णय

काठमाडौंका सीडीओ छवि रिजाललाई प्रहरीले हाजिरी जमानीमा रिहा गर्ने निर्णय गरेको छ । उनी जेनजी आन्दोलन हुँदा काठमाडौंको सीडीओ थिए । मंगलबार रिजाललाई उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले काठमाडौंको सुविधानगरबाट पक्राउ गरेको थियो । पक्राउपछि उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसन्धान अधिकृतहरूले जेनजी प्रदर्शनमा बानेश्वरमा किशोरहरूको ज्यान जानेगरी भएको घटनाबारे सोधपुछ गरेका थिए । […]