सार्वजनिक खरिद अध्यादेश : टेण्डर सूचना पत्रिकामै छाप्नुपर्ने व्यवस्था हट्यो

काठमाडौं – सरकारले ल्याएको सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३ राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेसँगै सार्वजनिक खरिद प्रक्रियामा महत्वपूर्ण परिवर्तन भएको छ। नयाँ व्यवस्था अनुसार अब सरकारी टेण्डर सूचनाहरू अनिवार्य रूपमा विद्युतीय खरिद प्रणाली (ई–जीपी) मार्फत मात्र प्रकाशन र कार्यान्वयन हुनेछन् । यससँगै टेण्डर सूचना पत्रिकामा अनिवार्य रूपमा छाप्नुपर्ने पुरानो व्यवस्था हटाइएको छ। सरकारले ईजीपी […]