‘संविधान पूर्ण कार्यान्वयनका लागि तीन तहका सरकारबीच समन्वय आवश्यक’

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधानको पूर्ण कार्यान्वयनका लागि तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन् ।  संविधान दिवसका अवसरमा राप्ती उपत्यका (देउखुरी)स्थित प्रदेश प्रशासनिक परिसरमा आज आयोजना गरिएको सरसफाइ कार्यक्रममा उनले संविधानले प्रदेश र स्थानीय तहलाई दिएको अधिकार अझै पूर्ण रूपमा प्रत्यायोजन नभएकाले बाँकी अधिकार हस्तान्तरण गर्न सङ्घीय सरकारलाई ध्यानाकर्षण […]