भक्तपुर अस्पतालले देशभर ‘प्यालियटिभ’ सेवा विस्तार गर्ने

भक्तपुर। भक्तपुर क्यान्सर अस्पतालले देशभर प्यालियटिभ सेवा विस्तार गर्ने घोषणा गरेको छ। ‘विश्व हस्पिस तथा प्यालियटिभ केयर दिवस-२०२५’ का अवसरमा आज (बुधबार) आयोजित कार्यक्रममा यस्तो घोषणा गरिएको हो। अस्पतालका कार्यकारी निर्देशक डा. उज्ज्वल चालिसेले ‘बीसीएच प्यालियटिभ केयर फन्ड’ स्थापना गर्ने घोषणा गरे। यो कोषले आर्थिक रूपमा कमजोर बिरामीलाई निःशुल्क सेवा प्रदानमा सहयोग गर्ने उनले बताए। […]