बूढीगण्डकी बाढी: सोती र माछीखोलाका पुल बगे, चार जनाको अवस्था अज्ञात

गोरखा । चुमनुब्रीगाउँपालिका-६ भएर बग्ने उङगिलुङ खोलाबाट बूढीगण्डकीमा आएको बाढीले धार्चे गाउँपालिका जोड्ने माछीखोला पुल बगाएको छ ।  सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार बाढीबाट माछीखोलाबजारमा क्षति भएको छ ।आरुघाटको सोती र मान्बु जोड्ने पुल पनि बगेको छ ।  उङगिलुङ खोला किनारका चार वटा गोठ, त्यहाँ बाँधिएका १५ वटा याक र नाक बगेका छन् […]