संस्कृत वाङ्मयको खोजलाई आधुनिक बनाउन ‘योगी नरहरिनाथ अनुसन्धान केन्द्र’ स्थापना गरिँदै

नेपाल संस्कृत विश्वविद्यालयले संस्कृत वाङ्मयको प्रवर्द्धन तथा खोज-अनुसन्धानलाई प्रभावकारी बनाउन ‘राष्ट्रगुरु योगी नरहरिनाथ अनुसन्धान तथा नवप्रवर्तन केन्द्र’ स्थापना गर्ने भएको छ।