कास्की– स्याङ्जाको होराइजन क्लब वालिङ्गले २६औँ आदर्श कप फुटबल प्रतियोगिता २०८२ को उपाधि हात पार्न सफल भएको छ । शुक्रबार लेखनाथको भण्डारढिकमा सम्पन्न फाइनल खेलमा होराइजनले गण्डकी प्रदेश प्रहरीको टोलीलाई टाइब्रेकरमा पराजित गर्दै च्याम्पियन बनेको हो । निर्धारित समयको अत्यन्त प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले एक–एक गोलको बराबरी खेलेपछि खेल अतिरिक्त समयमा प्रवेश गरेको थियो। होराइजनका […]