डोल्मा फन्डमार्फत हुने विदेशी लगानीमा ८३ करोड रुपैयाँ राजश्व गुम्ने जोखिम, अब अदालतकै भर

अर्थमन्त्री रामेश्वर खनालले गरेको कर छुटसम्बन्धी विवादास्पद निर्णयका कारण नेपालले कम्तीमा ८३ करोड ३५ लाख रुपैयाँ बराबरको राजश्व गुमाउने जोखिममा परेको देखिएको छ । मौरिससमा दर्ता भएको डोल्मा इम्प्याक्ट फन्डमार्फत नेपालमा गरिएको लगानीलाई लाभकर छुट दिने प्रस्ताव मन्त्रिपरिषद्बाट पारित गरिएपछि यो विषय गम्भीर विवादमा तानिएको हो । डोल्मालाई कर छुट दिन सहज बनाउन सरकारले नेपाल–मौरिससबीच […]