आज पनि देशभर बदली, कोशीसहित तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

आज पनि देशभर मौसम सामान्यतया बदली रहने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार देशका विभिन्न भूभागमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ भने केही स्थानमा भारी वर्षासमेत हुन सक्नेछ। विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी तथा तराई भूभाग, बागमती प्रदेशको तराई र गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ। […]