काठमाडौं । स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकमा वरिष्ठ बालरोग विशेषज्ञ डा. कृष्णप्रसाद पौडेल नियुक्त हुनुभएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले गत शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै डा. पौडेललाई विभागको निमित्त महानिर्देशकको जिम्मेवारी दिनुभएको हो । डा. पौडेल यसअघि सप्तरीको राजविराजस्थित गजेन्द्रनारायणसिंह अस्पतालमा कार्यरत हुनुहुन्थ्यो । उहाँले सोमबार नियुक्तिपत्र बुझ्नुभएको र मंगलबारदेखि विभागको नयाँ […]