गाईघाट झरना छेउको झोलुङ्गे पुल भत्काइएको खबर सुन्दा ६० वर्षीय दिलबहादुर घर्तीलाई ननिको लागेको छ । ताराखोला गाउँपालिका–१ स्थित दरमखोलामा रहेको उक्त झोलुङ्गे पुलको अहिले नामोनिसान छैन । ‘ट्रस्ट’ पुल बनाउन पुरानो झोलुङ्गे पुल हटाइएको हो । “६ कक्षा पढ्न हरिचौर जाँदा गाईघाटको पुल तरेर जानुपर्थ्यो”, घर्तीले भने, “नौ, दस कक्षा पढ्ने बेलासम्मै त्यहीँ बाटो भएर हिँड्यौँ, हामी सानो छँदादेखि नै त्यहाँ झोलुङ्गे पुल थियो ।” परम्परागत सीप र साधनबाट बनाइएको प