तीन महिनादेखि त्रिपालको बास

बाजुराको हिमाली गाउँपालिकाका बाढीपहिरो पीडित अझै पनि त्रिपालमा दिन बिताइरहेका छन्। बाढीपहिरो पीडितको पुनस्र्थापनाको पहल कतैबाट हुन सकेको छैन। वडा नं. ४ बोर्ताका ११२ परिवार त्रिपालमै छन्। त्रिपालमा तीन महिना बिताए पनि राहत र पुनस्र्थापनाको कुनै पहल हुन नसकेको बाढीपहिरो प्रभावितको गुनासो छ। पुर्खौदेखि बसोबास गरिआएको घर असोजको वर्षाले भत्काएपछि उनीहरूसँग अहिले ओत लाग्ने ठाउँ नभएको हिमाली गाउँपालिकाका प्रवक्ता भीमानन्द पाण्डेयले बताउनुभयो। उहाँले गाउँपालिकालगायत विभिन्न सङ्घसंस्थाले वितरण गरेको राहत प्रभावितलाई पुग्दो नभएको बताउनुभयो। प्रभावित स्थानीय गाँस, बासको पर्खाइमा रहे पनि कुनै निकायबाट सहयोग हुन नसकेको उहाँले बताउनुभयो। गाउँपालिकाबाट सहयोग भएको भए पनि बाढीपहिरो प्रभावितलाई त्रिपाल पुग्दो छैन। एक त्रिपालभित्र धेरै परिवारका सदस्य मिलेर बस्ने गरेका छन्। चिसो मौसममा कठ्याङ्ग्रिँदै त्रिपालभित्र रहेकालाई विभिन्न रोगले समेत सताएको छ। विशेष गरेर दीर्घरोगी, बालबालिकालगायतलाई झनै समस्या भएको पाण्डेयले बताउनुभयो।

सम्बन्धित सामग्री

सडकमा बस्ने बेवारिसे व्यक्तिको उद्धार

जुम्ला : मानसिक समस्याका कारण जुम्लाको सडकमा बस्दै आएका एक नागरिकको उद्धार गरिएको छ। जिल्ला प्रशासन कार्यालय जुम्ला अगाडि करिब ३ महिनादेखि सडकमा बास बस्दै आएका ती व्यक्तिलाई  उद्धार गरी सुर्खेतमा रहेको मानवसेवा आश्रममा पठाइएको छ। जिल्ला प्रशासन कार्यालय जुम्ला र चन्दननाथ नगरपालिका जुम्लाको समन्वयमा मानवसेवा आश्रम सुर्खेतमा पठाएको चन्दननाथ नगरपालिकाका विपत शाखा प्रमुख लक्ष्मीचन्द्र न्यौपाने बताए। उनी करिब ३ महिनादेखि जिल्ला प्रशासन कार्यालय जुम्लाको अगाडि धूपीको रुखको ओत लिएर

खोटो संकलन गर्न जंगलकै बास

रोल्पा जिल्ला रुन्टीगढी गाउँपालिकाका दुई दाजुभाई सल्लाको खोटो संकलन गर्न ४ महिनादेखि जंगलमा बास बस्ने गरेका छन् । उनीहरू खोटो संकलनका लागि दाङको पहाडी बंगलाचुली गाउँपालिका–८ को गोगनपानी समुदायिक वन समूहको रानीबास जंगलमा लामो समयदेखि बस्दै आएका छन् । रुन्टीगढी गाउँपालिका–१ गैरीगाउँका सुरेश बुढा मगर र नवीन बुढा मगरले जंगलमै पाल टाँगेर चैतदेखि खोटो संकलन […]

चुनाव प्रचारमा हिँड्नुपर्ने उम्मेदवारको झण्डै एक महिनादेखि अस्पतालमा बास

उम्मेदवारी दर्ता गरेलगत्तै सिकिस्त बिरामी परेका प्रदेश १ सरकारका वन, वातावरण तथा भू–संरक्षणमन्त्री तथा मोरङ क्षेत्र नम्बर ३ (क)का प्रदेशसभाका उम्मेदवार शेखरचन्द्र थापा अझै तङ्ग्रिन सकेका छैनन् । हाल उनी विराटनगरस्थित नोबेल अस्पतालको न्यूरो डिलक्स क्याबिनको रुम नम्बर ११ मा उपचाररत छन् । उनको मुखमा अक्सिजन लगाइएको छ । अक्सिजन बिना उनी सास फेर्न नसक्ने अवस्थामा छन् । असोज २३ गते उम्मेदवारी दर्ता गराउँदा नै उनी बिरामी थिए । भोलिपल्ट असोज २४ गते उपचारका लागि नोबेल अस्पताल भर्ना भएका उनलाई

बाढीको त्रास : बर्खामा घर छोडेर सडकमा बास

हुलाकी राजमार्गको भजनी नगरपालिका–५, पुलियापुर खण्डमा सडक छेउछाउतिर त्रिपाल लगाएर बनाइएका एक दर्जन टहरा छन्। ती टहरामा दुई महिनादेखि बस्दै आएका छन् स्थानीय १२ दलित परिवार। हरेक वर्ष बर्खायामका तीन...

पत्नीको रिसले एक महिनादेखि रुखको बास !

लोग्नेस्वास्नी बीच स-साना नोकझोंक हुनु अनौठो होइन । तर लोग्ने स्वास्नीको झगडा परालको आगो भनेझैं रिस शान्त भएसँगै झगडा साम्य हुन्छ । कहिलेकाही मनमुटाव लामो समयसम्म पनि चलिरहेको हुन्छ । एकै घरभित्र बसेर पनि कतिपय पति पत्नी कैयन् दिनसम्म बोलचाल नै बारेका हुन्छन् । यस्तै एउटा घटना छिमेकी मुलुक भारतको उत्तर प्रदेशमा भएको छ । […]

सरकारसँग जागिर माग्दै चार महिनादेखि पानी ट्यांकीमै बास

एजेन्सी ।  विगत १२० दिनदेखि शिखा पल लखनउको निसातगन्ज क्षेत्रस्थित शिक्षा निर्देशनालयको पानी ट्यांकीमाथि बसिरहेकी छिन् । नयाँ रेकर्ड तोड्ने उनको लक्ष्य छैन् । केबल विरोध प्रदर्शनका लागि उनी त्यहाँ बसेकी हुन् । सरकारले हालै ६९ हजार शिक्षक नियुक्तिका लागि आवदेन खुलाएको थियो । अधिकांश पदमा पूर्ति भए पनि विविध कारण २२ हजार सीट अझै […]

बारेकोटका पहिरोपीडितको १५ महिनादेखि त्रिपालको बास

जाजरकोट– बारेकोट गाउँपालिका–४ सार्कीटोलको सिंगो दलित समुदाय दुई महिनादेखि त्रिपालमुनि बसिरहेको छ । २५ असोज ०७७ असारको पहिरोले उनीहरू बस्तै आएको बस्ती बगाएपछि राहतमा पाएको त्रिपालमा उनीहरू बस्न थालेका हुन् । बारेकोट गाउँपालिकाको वडा नम्बर ४ को तलगाउँ र वडा नम्बर ६ को धुमाको अवस्था पनि उस्तै छ । यी दुवै वडामा एकै दिन फरक […]

सडक खन्न चार महिनादेखि जंगलमै बास

मुगुको छायाँनाथ रारा नगरपालिका– १४ बाम गाउँकी ५२ वर्षीया धर्मशीला बुढा वैशाखदेखि जंगलमै प्लाष्टिक टेन्टमा बसेर सडक खन्ने काममा छिन्। उनी सडक निर्माण सुरु भएको करिब ३ वर्षदेखि लगातार खटिइरहेकी...

नौ महिनादेखि ओडारकै बास

कर्णाली / जगल्टिएको कपाल, कलेटी परेका ओठ, कठ्याङ्ग्रिएका हात, महिनौँदेखि फोहोर कपडाभित्र लपेटिएको एउटा टिठ लाग्दो जीवन, जसलाई झट्ट हेर्दा करिब ६० वर्ष उमेर कटे जस्तो लाग्छ । सायद कुनै समस्याले आज उनलाई त्यो अवस्थामा ल्याई पु¥याएको हुन सक्छ । त्यही पात्रको परिचय भने नौ महिनादेखि अहिलेसम्म कसैले पाउन सकेको छैन । चन्दननाथ नगरपालिका–३ जुम्लास्थित... The post नौ महिनादेखि ओडारकै बास appeared first on Purbeli News.

वृद्ध महिलाको ९ महिनादेखि ओडारमै बास

जुम्ला– माता नाम बताउने एक वृद्ध महिला नौ महिनादेखि ओडारमै बास बस्दै आएकी छन् । उनी चन्दननाथ नगरपालिका–३ स्थित गच्चु साँघु ओडार (गुफा) मा बस्दै आएकी हुन् । दैलेख जिल्ला स्थायी घर भएकी वृद्ध महिला गत वैशाख १० गतेदेखि जुम्ला आएर उक्त ओडारमा बस्दै आएको बुझिएको छ । तर उनको खास घर कहाँ हो ? […]