गाउँपालिका अध्यक्ष कप फूटबल प्रतियोगिता शुरू

ललितपुरको बाग्मती गाउँपालिका–४ प्युटारस्थित खयरघारी खेल मैदानमा ‘गाउँपालिका अध्यक्ष कप फूटबल प्रतियोगिता २०७७’ शुरू भएको छ । ‘स्वास्थ्यका लागि खेलकूद, राष्ट्रका लागि खेलकूद’ भन्ने मूल नाराका साथ गाउँपालिकाकै आयोजनामा शनिवारदेखि आउँदो बुधवारसम्म ५ दिन खेल सञ्चालन हुनेछ ।  कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले प्रतियोगितामा १४ समूहका खेलाडीले भाग लिने बताए । उनले भने, ‘युवालाई खेलकूदको माध्यमबाट अघि बढाउन गत वर्षबाटै हामीले यस कामको थालनी गर...