मर्जर प्रस्ताव पारित गर्न रिडी र रैराङ हाइड्रोपावरले बोलाए विशेष साधारणसभा

रिडी हाइड्रोपावर र रैराङ हाइड्रोपावरले मर्जर प्रस्ताव पारित गर्न विशेष साधारणसभा बोलाएका छन् । दुवै कम्पनीले असार १७ गते शुक्रबार विशेष साधारणसभा आह्वान गरेका हुन् ।दुवै कम्पनीको विशेष साधारणसभामा एक आपसमा गाभ्ने गाभिने सम्बन्धि प्रस्ताव पेश हुने छ । रिडी हाइड्रोले  रैराङ हाइड्रोलाई गाभ्न लागेको हो । बिद्युत नियमन आयोगको बैशाख १९ गतेको बैठकले दुवै हाइड्रोपावर कम्पनीलाई एक आपसमा गाभिनलाई अनुमति दिएको थियो। दुवै कम्पनीले गत कात्तिक १७, २०७८ मा एक आपसमा गाभ्ने गाभिनेबारे सहमति गरेका थिए।मर्जरमा जाने निर्णयका कारण दुवै हाइड्रोको सेयर कारोबार दोस्रो बजारमा रोकिएको छ। अन्तिम कारोबार मितिमा रैरांगको सेयर प्रति कित्ता ५६३ रुपैयाँ १० पैसामा कारोबार भएको थियो भने रिडीको ८३८ रुपैयाँमा कारोबार भएको थियो।