गरिमा विकास बैंकले शेयरधनीहरूलाई १० प्रतिशत लाभांश वितरण गर्ने

गरिमा विकास बैंकले आफ्ना शेयरधनीहरूलाई १० प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

सम्बन्धित सामग्री

छिमेक लघुवित्त सहित तीन कम्पनीको शेयर मूल्य समायोजन

काठमाडौं । सोमवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा तीन कम्पनीको शेयर मूल्य समायोजन भएको छ ।  छिमेक लघुवित्त वित्तीय संस्था,गरिमा विकास बैंक र लुम्बिनी विकास बैंकको शेयर मूल्य समायोजन भएको छ । यी तीन  कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।  नेप्सेले छिमेक लघुवित्तको ५ प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजन पश्चात कम्पनीको शेयर मूल्य रू. ८६५ दशमलव ७१ कायम भएको छ । सोमवार दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ९०९ मा अन्तिम कारोबार भएको थियो ।  त्यस्तै नेप्सेले गरिमा विकास बैंकको ९ दशमलव ५० प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजन पश्चात कम्पनीको शेयर मूल्य रू. ३७४ दशमलव ४३ कायम भएको छ ।  सोमवार दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ४१० मा अन्तिम कारोबार भएको थियो ।  नेप्सेले लुम्बिनी विकास बैंकको ४ प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजन पश्चात कम्पनीको शेयर मूल्य रू. ३८६ दशमलव ५४ कायम भएको छ । सोमवार दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ४०२ मा अन्तिम कारोबार भएको थियो ।  नेप्सेले यी तीन कम्पनीको सोमवार कारोबार दिनको अन्तिम मूल्यका आधारमा शेयर मूल्य समायोजन गरेको हो । यही समायोजित मूल्यका आधारमा भोलि  अर्थात पुस १७ गते  यी कम्पनीकोे शेयर कारोबार खुल्नेछ ।

गरिमा विकास बैंकसहित ६ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

काठमाडौं । ६ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज रहेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ सुपरमादी हाइड्रोपावर, गरिमा विकास बैंक, छिमेक लघुवित्त वित्तीय संस्था, लुम्बिनी विकास बैंक, बिन्ध्यबासिनी हाइड्रोपावर र रु रु जलविद्युत परियोजनाले भोलि (पुस १७ गते) बुक क्लोज गर्दैछन् ।  सोही अनुसार आजसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरूले यी कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् । सुपर मादी हाइड्रोपावरले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई करबाहेक २ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । उक्त लाभांश प्रस्ताव पारित गर्न कम्पनीले पुस २८ गते होटल इम्पेरियल, बत्तिसपुतली, काठमाडौंमा १३ औं र १४ औं वार्षिक साधारण सभा बोलाएको छ । सो सभा बिहान ११ बजे शुरु हुनेछ । त्यस्तै गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई १० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको गरिमा विकास बैंकले पुस २९ गते होटल पोखरा ग्राण्ड, बिरौटा, पोखरा, कास्कीमा १७ औं वार्षिक साधारण सभा बोलाएको छ । सो सभा बिहान ११ बजे शुरु हुनेछ । छिमेक लघुवित्तले पुस २९ गते होटल सामना प्रालिको सभाहल, मकवानपुर, हेटौंडामा २२ औं वार्षिक साधारण सभा बोलाएको छ । सो सभा बिहान ११ बजे शुरु हुनेछ । सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थसहित १० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । त्यसका साथै सभाले अन्य लघुवित्तसँग मर्जर तथा एक्विजिशनसम्बन्धी कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव पनि पारित गर्नेछ । त्यसैगरी, लुम्बिनी विकास बैंकले पुस २६ गते अमृतभोग, कालिकास्थान, काठमाडौंमा १६ औं वार्षिक साधारण सभा आयोजना गरेको छ । सो सभा बिहान ११ बजे शुरु हुनेछ । सभाले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशतका दरले बोनस शेयर र करसहित ४ दशमलव ५० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । त्यसैगरी, सभाले बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, जारी तथा चुक्ता पूँजी वृद्धि गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव पनि पारित गर्नेछ । त्यस्तै बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले पुस २६ गते सातौं वार्षिक साधारण सभा बोलाएको छ । सो सभा कम्पनीको कार्यालय परिसर, नयाँ बानेश्वरमा भौतिक तथा भर्चुअल माध्यमबाट बिहान १० बजे शुरु हुनेछ । सभाले हाल कायम चुक्ता पूँजीको ५ दशमलव २६३२ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । यसका साथै, सभाले लेखापरीक्षक नियुक्त गर्ने, गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्ने लगायतका प्रस्ताव पनि पारित गर्नेछ । रु रु जलविद्युत परियोजना लिमिटेडले हाल कायम चुक्ता पूँजीको १० दशमलव ५२६३ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न पुस २५ गते साधारण सभा बोलाएको हो । कम्पनीको सो सभा लिसरा रेसेप्सन, नक्साल, काठमाडौंमा बिहान साढे १० बजे शुरु हुनेछ । सभाले लेखापरीक्षक नियुक्त गर्ने, गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्ने लगायतका प्रस्ताव पनि पारित गर्नेछ ।

सात विकास बैंकले गरे लाभांश घोषणा, कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत १५ विकास बैंकमध्ये हालसम्ममा सात विकास बैंकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेका छन् । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, मुक्तिनाथ विकास बैंक, मितेरी डेभलपमेन्ट बैंक, गरिमा विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, लुम्बिनी विकास बैंक र महालक्ष्मी विकास बैंकले लाभांश घोषणा गरेका हुन् । त्यस्तै ज्योति विकास बैंक, कामना सेवा विकास बैंक र सप्तकोशी विकास बैंकले यसपटक लाभांश नदिने निर्णय गर्दै साधारणसभा बोलाएका छन् ।   लाभांश घोषणा गरेका अधिकांश विकास बैंकले बोनस शेयरलाई प्राथमिकता दिएका छन् । लाभांश घोषणा गरेका बैंकमध्ये सबैभन्दा बढी शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले १० दशलमव २ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ५५ प्रतिशत गरेर कुल १० दशमलव ७५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त लाभांश साधारण सभाबाट पारित भइसकेको छ ।  त्यस्तै सांग्रिला डेभलपमेन्ट बैंकले ५ प्रतिशत बोनस शेयर र शून्य दशमलव २६३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो । यो लाभांश मङ्सिर २४ गते सम्पन्न वार्षिक साधारण सभाले पारित गरिसकेको छ । त्यसैगरी मुक्तिनाथ विकास बैंकले ९ दशमलव ७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ५१३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि कम्पनीले पुस २८ गते साधारण सभा बोलाएको छ ।  मितेरी डेभलपमेन्ट बैंकले कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कुल लाभांशमध्ये ९ दशलमव ५० प्रतिशत बोनस शेयर र शून्य दशलमव ५० प्रतिशत कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारितका लागि कम्पनीले पुस १४ गते साधारण सभा बोलाएको छ । लुम्बिनी विकास बैंकले ४ प्रतिशत बोनस शेयर र ४ दशलमव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो लाभांश पारितका लागि कम्पनीले पुस २६ गते साधारण सभा बोलाएको छ ।  गरिमा विकास बैंकले ९ दशमलव ५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्तावित लाभांश पारितका लागि कम्पनीले पुस २९ गते साधारण सभा बोलाएको छ । महालक्ष्मी विकास बैंकले भने ६ दशलमव ४ प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने प्रस्ताव गरेको हो । यो लाभांश पारितका लागि कम्पनीले पुस २८ गते साधारण सभा बोलाएको छ ।  कुन बैंकको कति ?

लाभांश पारितका लागि गरिमा विकास बैंकले पुस २९ मा बोलायो साधारण सभा

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले १७औं वार्षिक साधारण सभा पुस २९ गते आयोजना गरेको छ । पुस ६ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले होटल पोखरा ग्राण्ड बिरौटा पोखरा कास्कीमा उक्त दिन बिहान ११ बजे साधारण सभा शुरु हुने जानकारी दिएको हो । सभाले गत आवको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आर्थिक वर्ष (आव)को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।  त्यस्तै सभाले १० दशलमव ५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।  त्यस्तै सभाले यस बैंक र अन्य इजाजत प्राप्त बैंक तथा वित्तीय संस्था गाभ्ने/गाभिने तथा प्राप्ति गर्ने सम्बन्धमा उपयुक्त बैंक तथा वित्तीय संस्था खोज्ने लगायतका आवश्यक सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।  साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस १७ देखि २९ गतेसम्म बुक क्लोज गर्ने जानकारी दिएको छ । यस बुक क्लोजको आधारमा पुस १६ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

गरिमाले शेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव

गरिमा विकास बैंक लिमिटेडले शेयर धनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

बोनस शेयरमा लाग्ने कर जम्मा गर्न गरिमा विकास बैंकको आग्रह

जेठ १२, काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले १६ प्रतिशत बोनसमा लाग्ने कर बापतको रकम जम्मा गर्न आग्रह गरेको छ ।  कम्पनीले बिहीवार सूचना जारी गर्दै साविक सहारा विकास बैंक लिमिटेडलाई प्राप्ति गरी एकीकृत कारोबार गरे पश्चात् शेयर खरीद गरेका सदस्यहरुले कर बापतको रकम बुझाउनुपर्ने जानकारी गराएको हो ।  यी दुई कम्पनीबीच प्राप्ति प्रक्रिया पूरा भई २०७८ साल कात्तिक २८ गतेदेखि एकीकृत कारोबार शुरु भएको हो । एकीकृत कारोबारपश्चात् कायम शेयरधनीहरुले बोनस शेयरमा लाग्ने कर बापतको रकम गरिमा विकास बैंक लिमिटेडको लाजिम्पाट, काठमाडौंमा एनआईबिएल एस क्यापिटल जिबिबिएल बोनस ट्याक्स २०७७/७८ नाममा रहेको खाता नम्बर ०४०००१०१०१३८९३०००००१ मा जम्मा गर्न कम्पनीले भनेको छ ।  कम्पनीले यस वर्षको १६ प्रतिशत बोनस शेयर वितरणको प्रस्ताव चैत १८ गते सम्पन्न १५औं वार्षिक साधारण सभाबाट पारित गरेको थियो । सहारा विकास बैंकलाई प्राप्ति गरेपछि कायम चुक्तापूँजी रू. ३ अर्ब ९४ करोड ८१ लाखको आधारमा कम्पनीले उक्त बोनस शेयर वितरण गर्न लागेको हो । कम्पनीले यस वर्ष गत वर्षभन्दा बढी लाभांश वितरण गर्न लागेको हो । गत वर्ष यस बैंकले कुल १४ दशमलव २१ प्रतिशत लाभांश वितरण गरेको थियो ।  साधारण सभा प्रयोजनका लागि कम्पनीले २०७८ साल चैत ४ गतेदेखि १८ गतेसम्म बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा चैत ३ गते फागुपूर्णिमा सार्वजनिक बिदा परेकाले चैत २ गतेसम्म कायम शेयरधनीहरुले मात्र कम्पनीको लाभांश प्राप्त गर्नेछन् ।

गरिमा विकास बैंक र एनएलजी इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

फागुन २, काठमाडौं । गरिमा विकास बैंक र एनएलजी इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज (बुधवार) अन्तिम दिन रहेको छ ।  गरिमा विकास बैंकले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि चैत ४ गतेदेखि १८ गतेसम्म र एनएलजी इन्स्योरेन्सले चैत ६ गते बुक क्लोज गर्ने भएकाले बुधवारसम्म कायम शेयरधनीले दुवै कम्पनीको साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।  गरिमा विकास बैंकले गत आवको मुनाफाबाट शेयरधनीलाई १६ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले १५ औं वार्षिक साधारण सभा आगामी चैत १८ गते बोलाएको छ ।  कम्पनीले सभा कास्की  जिल्लाको पोखरास्थित होटल पोखरा ग्राण्ड बिरौटामा बिहान १०:३० बजे शुरु हुने जानकारी दिएको छ । त्यस्तै, एनएलजी इन्स्योरेन्सले आव २०७७/७८ को मुनाफाबाट १० प्रतिशत बोनस शेयर र शून्य दशलमव ५२ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ ।  उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले चैत १७ गते साधारण सभा बोलाएको छ । सभा अम्रपाली ब्यांक्वेट, थिरबम सडक बालुवाटारमा हुने कम्पनीले जानकारी दिएको छ ।

८ ओटा विकास बैंकले घोषणा गरे लाभांश : सबैभन्दा बढी महालक्ष्मी विकास बैंकको

पुस १६, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत १६ ओटा विकास बैंक मध्ये ८ ओटा कम्पनीले लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् ।  ८ ओटै विकास बैंकले गत आवको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् । लाभांश वितरण गर्ने प्रस्ताव गरेका ८ ओटा कम्पनीमध्ये ५ ओटा कम्पनीले साधारण सभा सम्पन्न गरिसकेका छन् ।  कामना सेवा विकास बैंक, मुक्तिनाथ विकास बैंक, सांग्रिला डेभलपमेण्ट बैंक, लुम्बिनी विकास बैंक र शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले साधारण सभा सम्पन्न गरिसकेका छन् । साधारण सभा सम्पन्न गरेका ५ ओटा कम्पनीमध्ये सांग्रिला डेभलपमेण्ट बैंकले बोनस शेयर सूचीकृत गराइसकेको छ भने बाँकी कम्पनीको सूचीकरण हुने प्रक्रियामा रहेको छ ।  साधारण सभा गर्न बाँकी तीन ओटा कम्पनीमध्ये ज्योति विकास बैंकले पुस २३ गते साधारण सभा बोलाएको छ । सभा लिसारा रिसेप्सन, नक्साल काठमाडौंमा बिहान ११ बजे गर्ने जानकारी गराएको हो । सभाले ११ प्रतिशत बोनस शेयर र ४ दशलमव ५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।  कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस ९ गतेदेखि २३ गतेसम्म बन्द गर्ने जानकारी गराएको छ । यस आधारमा पुस ८ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।  त्यसैगरी, महालक्ष्मी विकास बैंकले लाभांश पारितका लागि पुस २५ गते साधारण सभा बोलाएको छ । सभा आर्मी अफिसर्स क्लब भद्रकाली, टुडिखेलमा बिहान ११ बजे शुरु हुने जानकारी गराएको छ । सभाले २० प्रतिशत बोनस शेयर र १ दशमलव ०५२६ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।  कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस १३ गते बुक क्लोज गरिसकेको छ । यस आधारमा पुस १२ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।  त्यसैगरी, मितेरी डेभलपमेण्ट बैंकले लाभांश पारितका लागि पुस २८ गते साधारण सभा बोलाएको हो । सभा सुनसरी उद्योग वाणिज्य संघ, सुनसरीमा बिहान ११ बजे शुरु हुने जानकारी दिइएको छ । सभाले १३ दशमलव ३० प्रतिशत बोनस शेयर र शून्य दशलमव ७० प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।  कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस १४ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्ने जानकारी गराएको छ । यस आधारमा पुस १३ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।  त्यसैगरी, नारायणी डेभलपमेण्ट बैंक र कर्पोरेट डेभलपमेण्ट बैंकले भने गत आवको मुनाफबाट शेयरधनीलाई भने कुनै पनि लाभांश वितरण गर्ने प्रस्ताव गरेका छैनन् । नारायणी डेभलपमेण्ट बैंकले पुस २९ गते साधारण सभा बोलाएको छ । सभाले शत प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव र आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ ।  त्यसैगरी कर्पोरेट डेभलपमेण्ट बैंकले पुस ३० गते साधारण सभा गर्ने जानकारी गराएको हो । सभाले आव २०७७÷७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/७९को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।  गत आवको मुनाफाबाट लाभांश प्रस्ताव गर्न बाँकी अझै ६ ओटा कम्पनी रहेका छन् । एक्सेल डेभलपमेण्ट बैंक, गरिमा विकास बैंक, कर्णाली डेभलपमेण्ट बैंक, सिन्धु विकास बैंक, ग्रीन डेभलपमेण्ट बैंक र सप्तकोशी डेभलमेन्ट बैंक रहेका छन् ।  हालसम्ममा लाभांश प्रस्ताव गरेका ८ ओटा कम्पनी मध्ये सबैभन्दा बढी महालक्ष्मी विकास बैंकले कुल २१ दशलमव ०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले २० प्रतिशत बोनस शेयर १ दशमलव ०५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।  तलको टेबलमा अघिल्लो आवको लाभांश पनि राखिएको छ । यस आधारमा मितेरी डेभलपमेण्ट बैंक बाहेक बाँकी कम्पनीले अघिल्लो आवको भन्दा गत आवमा लाभांश दर बढाएका छन् । मितेरी डेभलपमेण्ट बैंकले अघिल्लो आवको मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गरको थियो ।                                                                              स्रोत : कम्पनीद्वारा प्रकाशित सूचना

गरिमा विकास बैंक [आधारभूत तथा प्राविधिक विश्लेषण]

भदौ ११, काठमाडौं । गरिमा विकास बैंकले गत आवमा आकर्षक नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको छ ।  कम्पनीको नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा ४२ दशमलव ९२ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो आवमा कम्पनीले रू. ५७ करोड ७२ लाख ५५ हजार नाफा कमाएकोमा गत आवमा वृद्धि भएर रू. ८२ करोड ५२ लाख ८८ हजार पुगेको हो ।  गत आवमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो । खुद ब्याज आम्दानी अघिल्लो आवको तुलनामा गत आवमा १९ प्रतिशत र सञ्चालन नाफा ४३ प्रतिशतले वृद्धि भएको हो ।  त्यसैगरी, गत आवमा नाफामा वृद्धि भएसँगै कम्पनीको प्रतिशेयर आम्दानीमा पनि वृद्धि भएको छ । अघिल्लो आवमा कम्पनीको प्रतिशेयर आम्दानी रू. १७ दशमलव ८२ रहेकोमा गत आवमा वृद्धि भएर रू. २२ दशमलव ४५ पुगेको छ ।  त्यसैगरी, कम्पनीको वितरणयोग्य नाफा रू. ६० करोड ५७ लाख १२ हजार रहेको छ । यही वितरणयोग्य नाफाबाट कम्पनीले शेयरधनीलाई लाभांश वितरण गर्ने गर्दछ । यस आधारमा कम्पनीको लाभांश क्षमता १६ दशमलव ४७ प्रतिशत रहेको छ । एनएफआरएस प्रणाली अनुसार कम्पनीले आर्जन गरेको नाफाबाट विभिन्न शीर्षकमा छट्याएपछिको नाफा नै वितरणयोग्य नाफा हो ।  यही वितरणयोग्य नाफा ५ चुक्ता पूँजी×१०० गरेर लाभांश क्षमता निकालिन्छ । कम्पनीले अघिल्लो आवको मुनाफाबाट शेयरधनीलाई गत आवमा १३ दशमलव ५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७१०५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गरेको थियो ।  १३ दशमलव ५ प्रतिशत बोनस शेयर वितरण पछि कम्पनीको चुक्तापूँजी रू. ३ अर्ब ६७ करोड ५९ लाख १२ हजार पुगेको छ । त्यसैगरी कम्पनीले गत आवसम्म जगेडामा रू. १ अर्ब १९ लाख ९४ हजार, रिटेण्ट अर्निङमा रू. ६१ करोड ५७ लाख ८३ हजार र शेयर प्रिमियमा रू. ९७ हजार ६८ सञ्चित गरेको छ ।  सो अवधिमा कम्पनीको प्रतिशेयर नेटवर्थ रू.१४४ दशमलव शून्य १, मूल्य आम्दानी अनुपात २४ दशमलव २३ गुणा र तरलता अनुपात २६ दशमलव ४६ प्रतिशत रहेको छ । यस कम्पनीले सहारा विकास बैंकलाई प्राप्ति गर्ने तयारीमा रहेको छ । सहारा विकास बैंकलाई प्राप्तिपछि कम्पनीको चुक्तापूँजी रू. ३ अर्ब ९४ करोड ८१ लाख ८३ हजार पुग्नेछ ।                                                       स्रोतः कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण    प्राविधिक विश्लेषण : मैनबत्ति चित्र                                 ३० मे २०२१                                                                            २६अगष्ट २०२१ स्ट्यान्डर्ड डेभिएशन                                     ३० मे २०२१                                                                         २६ अगष्ट २०२१ आरएसआई                                    ३० मे २०२१                                                                                 २६ अगष्ट २०२१ मुभिङ एभरेज                                       ३० मे २०२१                                                                         २६ अगष्ट २०२१   निष्कर्ष : कम्पनीको ६२ दिनको कारोबार अवधिको अन्तिम दिनमा छोटो टुप्पी र पुच्छर भएको सेतो मैनबत्ति आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा बढ्ने सङेकत देखाउँछ ।  पछिल्लो चार दिनको मैनबत्ती हेर्दा अब सपोर्ट पाएर शेयरमूल्य उकालो लाग्ने अनुमान पनि लगाउन सकिन्छ । आरएसआई न्यूट्रल जोन ६४ दशमलव ३५ विन्दुमा छ । यसले शेयर खरिदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ ।  कम्पनीको स्ट्यान्डर्ड डेभिएशन २२ दशमलवशून्य ५ विन्दुमा छ । उतारचढाव सामान्यरहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्दछ । त्यस्तै कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकआपसमा टाढिएका छन् ।  हालको मूल्यरेखा यि दुवै मूल्यरेखा भन्दा माथि छ । बिहीवारको शेयरमूल्य रू. ६८५ देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिएमा रू. ६२७ मा टेवा पाउनेर महङ्गिएमा रू ७२० मा प्रतिरोध पाउने देखिन्छ ।