प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश गरेको छ ।
शनिबार राति भएको खेलमा फुलहमलाई ४-१ गोल अन्तरले हराउँदै सिटी अन्तिम १६ मा पुगेको हो ।
घरेलु मैदानमा एक गोलको अग्रता उल्टाएर सिटीले जित निकालेको हो ।
क्रिस्टल प्यालेस, नर्विच सिटी, स्टोक सिटी पनि एफए कपको पाँचौं चरणमा प्रवेश गरेको छ ।