संवैधानिक इजलास : न्यायाधीश कार्कीको ठाउँमा सपना मल्ल प्रधान

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध परेको रिटको सुनुवाइका लागि गठित संवैधानिक इजलास पुनर्गठन भएको छ । बुधबार हुने सुनुवाईको लागि न्यायाधीश सपना मल्ल प्रधानलाई राखिएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले न्यायाधीश हरिकृष्ण कार्कीको ठाउँमा मल्ललाई राख्नुभएको हो । न्यायाधीश कार्कीमाथि प्रश्न उठेपछि उहाँ इजलासबाट बारिहिनुभएको थियो । प्रधान पनि पहिलो संविधानसभामा तत्कालीन नेकपा एमालेतर्फबाट सांसद हुनुभएको थियो । इजलासमा प्रधानन्यायाधीश जबरासहित न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी छन् । कानुन व्यवसायीहरुले भने प्रतिनिधि सभा विघटनको मुद्दालाई बृहत् पूर्ण इजलास गठन गर्न माग गरेका छन् । प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले पुस ५ मा गरेको प्रतिनिधि सभा विघटनविरुद्ध १३ वटा रिट परेका छन् ।

सम्बन्धित सामग्री

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको फैसला आजै

न्युज अफ नेपाल, काठमाडौँ । प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दाको फैसला आजै आउने भएको छ । गत शुक्रबार एमिकस क्युरीका सदस्य गीता पाठकले राय दिएपछि संसद विघटन मुद्दामा बहस सकिएको थियो । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिल कुमार सिन्हा, सपना मल्ल प्रधान र तेजबहादुर केसी संवैधानिक इजलास भित्रै रहेको जनाइएको छ । यस्तै, अदालत […]