कर्णाली प्रदेश सरकारका तीन वर्ष : कर्णप्रिय निर्णय, सुस्त कार्यान्वयन, निराशाजनक खर्च

सुर्खेत । संघीय संरचनाअन्तर्गत कर्णाली प्रदेश सरकार गठन भएको तीन वर्ष पूरा भएको छ । २०७४ साल फागुन ३ गते महेन्द्रबहादुर शाही कर्णाली प्रदेशको मुख्यमन्त्री नियुक्त भए ।  शाहीको नेतृत्वमा ०७४ फागुन ६ गते ७ सदस्यीय प्रदेश मन्त्रिपरिषद गठन गरिएको थियो ।विभिन्न सामाजिक सूचकको हिसाबले कमजोर हैसियत भएको कर्णाली प्रदेशले विगत तीन वर्षमा खासै प्रगति हासिल गर्न सकेन । प्रदेश सरकारका नीति तथा कार्यक्रम, बजेट तथा योजना र आफैले निर्माण गरेका कतिपय ऐन, कानुन, कार्यविधिको कार्यान्वयनका पक्षमा सरकार चुकेको