देश गम्भीर प्रतिगमनको खतरामा : महामन्त्री सिंह

नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले देशमा गम्भीर खालको प्रतिगमनको खतरा देखिएको बताउनुभएको छ । महामन्त्री सिंहले एमाले अध्यक्ष केपी ओली शर्माका गतिविधिले अहिले देशमा गम्भीर प्रतिगमनको खतरा बढेको बताउनुभएको हो । प्रगतिशील पत्रकार सङ्घ दाङले आइतबार घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा महामन्त्री सिंहले कम्युनिष्ट पार्टीको अध्यक्षले दुई÷दुईपटक संसद् भङ्ग गर्ने, पशुपतिनाथमा सुन चढाउनेदेखि पछिल्लो समय …

सम्बन्धित सामग्री

असंवैधानिक कदमविरुद्ध संयुक्त आन्दोलनका लागि मसालको अपिल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी(मसाल) ले सरकारले चालेको असंवैधानिक कदमविरुद्ध विभिन्न पक्षले सञ्चालन गरिरहेको आन्दोलनप्रति ऐक्यवद्धता जनाएको छ । मसालले संयुक्त आन्दोलनका लागि आन्दोलनरत पक्षहरुसँग अपिल पनि गरेको छ । महामन्त्री मोहनविक्रम सिंहले बिहीबार वक्तव्य प्रकाशित गरी ओली सरकारले एक पछि अर्को गर्दै संविधानमाथि गरिरहेको प्रहारले फासिवादको खतरा बढेको औँल्याउनुभएको छ । देशमा फासिवादको गम्भीर खतरा देखा परेको भन्दै मसालले शक्तिशाली जनआन्दोलनले नै फासिवादको खतरालाई रोक्न सक्ने स्पष्ट पारेको छ । यस्तो छ वक्तव्य ओली सरकारले एकपछि अर्को गर्दै लोकतन्त्र र संविधानमाथि जसरी प्रहार गर्दै गइरहेको छ, त्यसले देशमा फासीवादको खतरा बढ्दै गएको देखिन्छ । त्यस सन्दर्भमा ओली सरकारले ल्याएको सम्वैधानिक परिषद सम्बन्धी अध्यादेश र त्यसका आधारमा बिभिन्न सम्वैधानिक निकायहरूमा गरिएको नियुक्तिले स्थितिको गम्भीरतालाई नै बताउँछ । ओली सरकारको सम्पूर्ण कार्यविधिमाथि विचार गर्दा के देखिन्छ भने त्यसले संविधान र कानुनलाई खुलेआम प्रकारले अतिक्रमण गरिरहेको छ । सम्वैधानिक परिषद सम्बन्धी त्यसको कार्यविधिबाट पनि त्यो कुरामा कुनै शङ्का रहन्न । प्रथमतः त्यो अध्यादेश नै असम्वैधानिक प्रकारको छ । त्यो बाहेक त्यस अनुसार गरिएका नियुक्तिलाई पनि न्यूनतम सम्वैधानिक प्रक्रिया नै पुरा नगरिकन लागू गरियो । संविधानमा गरिएको व्यवस्थाअनुसार त्यसरी गरिएका नियुक्तिलाई संसदीय सुनुवाइपछि नै सदर गर्न सकिन्थ्यो र गर्नुपर्दथ्यो । तर संसदको विघटन गरेर बिना संसदीय सुनुवाइ नै सबै नियुक्तिलाई सदर गर्ने काम गरियो । बिभिन्न सम्वैधानिक निकायमा जसरी सामान्य सम्वैधानिक प्रक्रिया पनि पुरा नगरिकन नियुक्ति गरिएको छ, त्यो अवस्थामा तिनीहरूले निष्पक्ष र न्यायसङ्गत तरिकाले आफ्नो कार्य सम्पादन गर्ने भन्दा सत्तापक्षको निर्देशन वा दबाबमा नै काम गर्ने बढी सम्भावना देखिन्छ । त्यसरी ओली सरकारले, एकातिर संसदको विघटन गरेको छ भने, अर्कातिर सबै सम्वैधानिक निकायहरूमाथि पनि आफ्नो नियन्त्रण कायम गर्ने प्रयत्न गरेको देखिन्छ । त्यसप्रकारका ती सबै कुरामाथि विचार गर्दा देश गम्भीर प्रकारले फासिवादको मुखमा उभिएको देखिन्छ । देशमा फासिवादको जुन गम्भीर खतरा देखा परेको छ, त्यो अवस्थामा शक्तिशाली जनआन्दोलन एकदम आवश्यक भएको कुरा प्रष्ट हुन्छ । त्यसप्रकारको जनआन्दोलनले नै ...