गुडविल सहकारी ठगीको अनुसन्धान प्रतिवेदन सरकारी वकिलमा

 ललितपुरमा रहेको गुडविल बचत तथा ऋण सहकारी ठगी गरेको मुद्दाको अनुसन्धान सकेर प्रहरीले प्रतिवेदन बुझाएको छ । महानगरीय प्रहरी परिसर ललितपुरले आइतबार जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको हो ।चैत २२ मा प्रहरीले गुडविल बचत तथा ऋण सहकारीका अध्यक्ष दिवाकर श्रेष्ठलाई चितवनबाट पक्राउ गरेको थियो । गुडविलबाट लिएको ऋण तिर्न नसकेपछि उनी भागेका थिए ।‘संगठित ठगी मुद्दामा अनुसन्धान पुरा गरेर प्रतिवेदन बुझाएका छौं’ महानगरीय प्रहरी परिसर ललितपुरकी एसएसपी किरण बज्रचार्यले रातोप