संविधानअनुसार निर्वाचन क्षेत्र पुनर्निर्धारण गर्न सरकारद्वारा गठित निर्वाचन क्षेत्र निर्धारण आयोगले आज प्रतिवेदन बुझाएको छ। आयोगका तर्फबाट कमल नारायण दासले प्रधानमन्त्री देउवालाई प्रतिवेदन बुझाएका हुन्। २४० वटा निर्वाचन क्षेत्रलाई घटाएर १६५ मा सिमित पार्ने जिम्मा पाएको आयोगले काम सकेर बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटरामा प्रतिवेदन बुझाएको हो। आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनबाट…