राज्यका हरेक निकायमा एक तिहाई महिला सहभागी गराउन राष्ट्रपति र प्रधानमन्त्रीको ध्यानाकर्षण

राष्ट्रिय सभाका उपाध्यक्ष र प्रदेश सभाका उपसभामुखहरूले राज्यका हरेक निकायमा एक तिहाई महिला सहभागी गराई संवैधानिक व्यवस्थाको पूर्ण कार्यान्वयन गर्न माग गरेका छन् ।  राष्ट्रपति र प्रधानमन्त्रीलाई लिखित ध्यानाकर्षणपत्र बुझाउँदै उनीहरूले संघ, प्रदेश, स्थानीय तहका साथै राज्यका हरेक निकायमा एक तिहाई महिला सहभागी गराउनुपर्ने माग गरेका हुन् ।  राष्ट्रिय सभाका उपाध्यक्ष र प्रदेश सभाका उपसभामुखहरूबीच माघ २६ र २७ गते काभ्रेको धुलिखेलमा अन्तरक्रिया कार्यक्रम भएको थियो । सो कार्यक्रममा छलफल भएका एजेण्डाहरू समेटेर ध्यानाकर्षण गराइ...

सम्बन्धित सामग्री

राष्ट्रपतिद्वारा प्रधानमन्त्रीको ‘ध्यानाकर्षण’, यस्तो छ पत्र

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा राखेको धारणा सार्वजनिक भएको छ । गएको बिहीबार राष्ट्रपति भण्डारीलाई भेट्न शीतलनिवास पुगेका प्रधानमन्त्री देउवालाई राष्ट्रपतिले स्थानीय तह निर्वाचनको सन्दर्भमा आफ्नो धारणा राख्दै ध्यानाकर्षण गराएकी थिइन् । सात बुँदामा समेटिएको उनको धारणामा स्थानीय तहका निर्वाचित पदाधिकारीको कार्यकाल ०७९ जेठ ५ गते समाप्त हुने, स्थानीय तह निर्वाचन […]