चन्द्रागिरी नगरपालिका २ देउराली नजिकै गएको पहिरोमा पुरिएर एकै परिवारका तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रे धुलिखेल- १२ का स्थानीयवासी ५१ वर्षीय राजु श्रेष्ठ‚ उनकी श्रीमती ४५ वर्षीया रेखा श्रेष्ठ र छोरी डेढ वर्षीया सारथी श्रेष्ठ रहेको चन्द्रागिरी- २ का वडाध्यक्ष भाइकृष्ण तामाङले बताए ।