संविधानको धारा ७६ को उपधारा ५ मा के व्यवस्था छ ?

काठमाडौं। संविधानको धारा ७६ को उपधारा ५ बमोजिम कुनैपनि सदस्यले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न सक्ने आधार राष्ट्रपतिलाई प्रस्तुत गर्नुपर्छ।यसका आधारमा राष्ट्रपतिले त्यस्तो सदस्यलाई प्रधानमन्त्रीमा नियुक्त गर्नेछ।यसरी बनेको सरकारले १ महिनाभित्र संसदबाट विश्वासको मत लिनुपर्छ।तर विश्वासको मत प्राप्त गर्न नसकेमा सोही धाराको उपधारा ७ बमोजिम प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरी ६ महिनाभित्र निर्वाचन गर्न नयाँ मिति तोक्नेछ।