काठमाण्डौ - काठमाण्डौ उपत्यकामा आजदेखि निषेधाज्ञा हटाएर थप आदेश जारी भएको छ । काठमाण्डौ, ललितपुर र भक्तपुर प्रशासन कार्यालयले निषेधाज्ञा शब्द नराखेर कोरोना सङ्क्रमण रोकथामका लागि थप आदेश भने जारी गरेका हुन् ।
आजदेखि फिल्म हल, दोहोरी साँझ, डान्स बार लगायतका मनोरञ्जनात्मक क्षेत्र तथा जिमखाना, फुटसल लगायतका क्षेत्र पनि स्वास्थ्यका मापदण्ड पालना गरेर खोल्न पाइने भएको छ । तर भदौ मसान्तसम्म जात्रा, सभाजुलुस, महोत्सव, भोजभतेर गर्न पाइने छैन ।
चाडपर्वहरु साङ्केतिक रुपमा मनाउन र व्यवसायहरु सञ्चालन गर्दा स्वास्थ्यमा मापदण्ड अपनाउन प्रशा...