‘बेशर्म रङ’ ले विवादमा दीपिका

काठमाडौं : अभिनेत्री दीपिका पादुकोण र अभिनेता शाहरुख खानको फिल्म ‘पठान’को पहिलो गीत ‘बेशर्म रङ’ रिलिज हुनासाथ विवादमा तानिएको छ। गीतमा अभिनेत्री दीपिकाले भगवा रङको बिकिनी लगाएकी छन्। फिल्मलाई लिएर सामाजिक सञ्जालमा ‘ब्वाइकट ट्रेन्ड’ नै चलेको छ। फिल्मकै कारण दीपिका पहिलोपटक विवादमा तानिएकी भने होइनन्। उनले अभिनय गरेका हरेक फिल्म रिलिज हुनुअघि दीपिकाकै कारण विवादमा तानिएका छन्। एसिड पीडितमाथि बनेको फिल्म ‘छपाक’ रिलिजअघि दीपिका जेएनयूका विद्य