गृहमन्त्री बालकृष्ण खाँणले आफुलाई कालोझण्डा देखाउने जनमतका कार्यकर्तालाई सम्मान रहेको बताएका छन् । रुपन्देहीको धकधईमा कार्यकर्ता भेला एवम पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै गृहमन्त्री खाणले कालो झण्डा देखाउने अधिकार नेपाली काँग्रेसले नै प्रदान गरेको बताउँदै उनले झण्डा देखाउनेलाई सम्मान रहेको बताए । गृहजिल्लामै कालोझण्डाको सामना गर्नुपरेको बताउँदै गृहमन्त्री खाणले भने, ‘झण्डा देखाउने जनमत पार्टीका कार्यकर्ताहरूलाई सम्मान गर्छु । उहाँहरुले कालो झण्डा देखाएर बिरोध जनाउनु