सरकारको प्राथमिकतामा अल्मलिएको बजारको अस्तव्यस्तता

कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न गत सातादेखि निषेधाज्ञा लागू भएसँगै फेरि बजारमा सामानको कृत्रिम अभाव सुरु भएको छ । बजारभाउ माग तथा आपूर्तिको नियममा चल्ने हो । तर, नेपालको बजार अर्थशास्त्रको सिद्धान्तले चल्दैन । हुन त नेपालको राजनीति पनि कहाँ सिद्धान्तबाट चलेको छ र ? तैपनि राजनीतिलाई केही नेताले बन्धक बनाउन सक्छन्, तर बजारलाई उद्योगी […]