विगत साढे चार दशकदेखि नेपाली संगीत वृत्तमा सक्रिय वरिष्ठ संगीतकार तथा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति शम्भुजीत बासकोटा जीवन योगदान संगीत सम्मान २०७८ बाट सम्मानित हुने भएको छन् । उनलाई अग्लेश्वरी हिल्स विकाश कोषले सोमबार काठमाडौँको सोल्टी होटलमा आयोजना गरेको जीवन नेपाल म्युजिक अवार्ड समारोहमा सो सम्मानबाट सम्मानित गरिने भएको छ ।सोही कार्यक्रममा संगीतकार शिलाबहादुर मोक्तान, गीतकार श्रवण मुकारुङ र गायिका कुन्ती मोक्तान विशिष्ट योगदान संगीत सम्मानबाट सम्मानित हुने भएको छ ।